Thursday, June 4, 2026

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्ने

spot_img

कलैया, २२ चैत । आजको सङ्घीय संसद्का दुवै सदनको बैठक सिंहदरबारस्थित नवनिर्मित भवनमा बस्दैछ ।

बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।

अर्याल शुक्रबार नै यस पदका लागि निर्विरोध भइसकेका छन्, जसको प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने र समर्थकमा सांसदहरू स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन् ।

यसैगरी, अपराह्न १२:१५ बजे बस्ने राष्ट्रियसभाको बैठक बस्दै छ । बैठकमा विषयगत समितिका सदस्यहरूको मनोनयन तथा हेरफेर र अध्यक्षको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन गरिनेछ ।

सोही बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर