Saturday, August 1, 2026

सभामुखमा निर्विरोध निर्वाचित भए डीपी अर्याल

कलैया, २२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डोलप्रसाद (डीपी) अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरे।

शुक्रबार भएको मनोनयन दर्तामा अर्यालको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत रूपमा चुनिएका हुन्। उनको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने र समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका थिए।

सभामुख अर्यालको शपथ ग्रहण आजै हुने भएको छ । आज दिउँसो २:३० बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभार सम्हाल्ने कार्यक्रम छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर