बारा, २६ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिर जमानतमा छाड्ने प्रक्रिया अगाडि बढाएको छ।
सर्वोच्च अदालतको आदेश र सरकारी वकिल कार्यालयको पत्रानुसार उनीहरूलाई कसैको जिम्मा लगाएर हिरासतमुक्त गर्ने निर्णय भएको छ ।
सरकारी वकिलको कार्यालयबाट आवश्यक कानुनी पत्र प्राप्त भइसकेको र अब प्रक्रिया मिलाएर उनीहरूलाई छाडिने तयारी भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भएको मानवीय क्षतिको विषयमा छानबिन गर्न गठित आयोग को प्रतिवेदनका आधारमा ओली र लेखकलाई चैत १४ गते पक्राउ गरिएको थियो।





