Thursday, June 4, 2026

संसदलाई मर्यादित र सक्रिय बनाउनुपर्छ: रवि लामिछाने

spot_img

बारा, ०३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संघीय संसदलाई मर्यादित र सक्रिय ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्। संसदीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसदको प्रमुख जिम्मेवारी आवश्यक कानून निर्माण र परिमार्जन गर्नु रहेको स्मरण गराए।

सदन विवेकपूर्ण ढङ्गले अगाडि बढ्नेमा आफू विश्वस्त रहेको बताउँदै उनले यस प्रक्रियामा सभामुखको भूमिका समेत सकारात्मक रहने अपेक्षा व्यक्त गरे। सभापति लामिछानेले यो वर्षलाई समाजमा व्याप्त विसङ्गति र बेथितिहरूलाई अन्त्य गर्ने एउटा महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताए।

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति अस्वाभाविक भएको भन्ने विषयमा उठिरहेका चर्चाका सम्बन्धमा बोल्दै लामिछानेले सार्वजनिक पदमा रहेका सबै व्यक्तिहरू छानबिनको दायरामा रहेको स्पष्ट पारे।

उनले छानबिन आयोग बनिसकेको जानकारी दिँदै उक्त आयोगको कार्यक्षेत्र (टिओआर) भित्र प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म सबै पर्ने उल्लेख गरे। सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि कसैलाई पनि छुट नहुने र सबैमाथि निष्पक्ष छानबिन हुनुपर्ने उनको जिकिर थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर