Saturday, August 1, 2026

मातातीर्थ औँसीका अवसरमा प्रधानमन्त्री बालेन शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त

बारा, ०४ वैशाख । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको पावन अवसरमा देशभरका सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले आमालाई माया र त्यागको अनुपम उदाहरणका रूपमा चित्रण गरेका हुन। प्रधानमन्त्री शाहले “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” को मर्मलाई आत्मसात् गर्दै आमा र मातृभूमि दुवै स्वर्गभन्दा महान् हुने उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले आमाको काखलाई संसारकै सबैभन्दा न्यानो आश्रय र चरणलाई पवित्र तीर्थका रूपमा व्याख्या गर्दै उहाँहरूको दीर्घायुको कामना समेत गरेका छन् । आमालाई जीवनको पहिलो गुरुका रूपमा उच्च प्रशंसा गर्दै उहाँले सन्तानहरूले आफ्नो सत्कर्म र मेहनतका माध्यमबाट आमालाई सधैँ गर्व गर्नसक्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।

देशलाई समेत आमाकै प्रतीकका रूपमा लिँदै उनले नेपालको उज्ज्वल भविष्यको कामना गर्नुका साथै प्रत्येक सन्तानले आफ्नी आमालाई सधैँ खुसी र सुखी राख्नुपर्ने सन्देश दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर