Thursday, June 4, 2026

प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्येक महिनाको पहिलो साता प्रत्यक्ष प्रश्नोत्तर हुने

spot_img

बारा, ०८ वैशाख । प्रतिनिधि सभामा अब प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले तयार पारेको प्रतिवेदन आज सभामुख डीपी अर्यालसमक्ष पेश गर्दै उक्त प्रावधानबारे जानकारी गराएको हो।

यस व्यवस्थाअनुसार प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण र समसामयिक विषयमा सांसदहरूले सिधै प्रश्न सोध्न पाउनेछन्। यसका लागि प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिनको बैठकमा एक घण्टाको समय छुट्ट्याइनेछ। यदि तोकिएको दिन बैठक बस्न नसकेमा त्यसपछिको पहिलो बैठकमा उक्त प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरिने मस्यौदामा उल्लेख छ।

प्रस्तावित नियमावलीअनुसार सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले सोही सदनमा तत्काल दिनुपर्नेछ। यो व्यवस्थाले सरकार प्रमुखलाई संसद्प्रति थप जिम्मेवार र प्रत्यक्ष रूपमा उत्तरदायी बनाउने लक्ष्य राखेको छ।

विशेषगरी बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बनेदेखि हालसम्म संसद्मा उपस्थित नभएको भन्दै आलोचना भइरहेका बेला, कार्यपालिका प्रमुखलाई व्यवस्थापिकाप्रति जवाफदेही बनाउन यो कदमलाई अत्यन्त महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर