बारा, १० वैशाख। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज मध्याह्न १२ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने उक्त बैठकमा विभिन्न मन्त्रालयगत प्रस्तावहरू र मुलुकको पछिल्लो समसामयिक राजनीतिक तथा प्रशासनिक विषयवस्तुहरूमा छलफल हुने कार्यसूची रहेको छ।
बैठकमा विशेषगरी केही प्रशासनिक निर्णयहरू, मन्त्रालयहरूले अघि सारेका नयाँ योजनाहरूका बारेमा आवश्यक निर्णय लिइने बुझिएको छ।





