Saturday, August 1, 2026

मधेस प्रदेशसभाको अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने

बारा, ११ वैशाख । मधेस प्रदेशसभाको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ।

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आज राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्नुभएको हो।

यसअघि वैशाख ९ गते बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

प्रदेश प्रमुखको कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै शुक्रबार मध्यरातदेखि प्रदेशसभाको चालु अधिवेशन समाप्त हुने जानकारी गराएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर