Saturday, August 1, 2026

वैशाख २८ मा संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

बारा, २२ वैशाख। सरकारले संघीय संसद्को आगामी अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार आगामी वैशाख २८ गते दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको हो ।

यस अधिवेशनमा मुख्यगरी सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुने छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर