बारा, २२ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक आह्वान गरेका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम आगामी वैशाख २८ गते दिउँसो २ बजे बस्ने गरी अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।
अधिवेशनमा मुख्यत सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने र आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुने छ।



