Friday, July 31, 2026

अध्यादेश जारी भएसँगै प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

बारा, २३ वैशाख । सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरिएको छ।

परिषद्का अध्यक्ष एवं प्रधानमन्त्रीको निर्देशनबमोजिम सचिवालयले आगामी बिहीबारका लागि बैठक बोलाएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा वैशाख २४ गते अपराह्न ५ बजे उक्त बैठक बस्ने छ।

सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठकमा सहभागी हुन परिषद्का सदस्यहरूलाई पत्राचार गरिसकिएको छ। बैठकमा सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ।

यस बैठकले उम्मेदवारको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइको प्रक्रिया अघि बढ्नेछ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर