Saturday, August 1, 2026

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बैठक आज बस्दै

बारा, २४ वैशाख । सर्वोच्च अदालतमा रिक्त रहेको प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् ।

प्रधानन्यायाधीशको पद रिक्त हुँदा न्यायलयको नेतृत्व कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले सम्हाल्दै आएकी छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साँझ ५ बजे बस्ने बैठकमा रिक्त पदहरूको सिफारिसका विषयमा छलफल हुनेछ । हालै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जारी गरिएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, २०८३ पछि पहिलो बैठक हो ।

बैठकमा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधिसभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ ।

बैठकले सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक प्रावधान रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर