Thursday, June 4, 2026

जीतपुरसिमरामा जथाभावी फोहोर फाल्नेलाई ५० हजारसम्म जरिवाना

spot_img

बारा, २४ वैशाख । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले वातावरणीय स्वच्छता कायम गर्न जथाभावी फोहोर फाल्ने र प्रदूषण फैलाउने विरुद्ध कानुनी प्रावधानसहितको अभियान सुरु गरेको छ।

उपमहानगरपालिकाले आज एक सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानुनको उल्लंघन गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना र कारबाही गर्ने जनाएको छ।

फोहरमैला व्यवस्थापन ऐन २०६८ र नगरको आफ्नै फोहरमैला व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९लाई कार्यान्वयनमा ल्याउँदै उपमहानगरले सडक, नाला, चोक, फुटपाथ र नदी–नालामा फोहोर फाल्न पूर्ण प्रतिबन्ध लगाएको छ। उपमहानगरद्वारा जारी सूचना अनुसार, सामान्य फोहोर जथाभावी फाल्ने व्यक्तिलाई पहिलो पटक रु. ५०० जरिवाना गरिनेछ भने सोही गल्ती दोहोर्‍याएमा प्रत्येक पटक जरिवाना रकम दोब्बर गरिनेछ। स्वास्थ्यमा गम्भीर असर पार्ने वा हानिकारक फोहोर सार्वजनिक स्थलमा फालेको पाइएमा ५ हजार देखि ५० हजार रुपैयाँसम्म जरिवाना असुल गरिने व्यवस्था गरिएको छ।

त्यसैगरी, उद्योग तथा स्वास्थ्य संस्थाहरूले आफ्ना हानिकारक फोहोर जथाभावी व्यवस्थापन गरेमा २५ हजार रुपैयाँसम्म जरिवाना गरिनुका साथै उनीहरूको अनुमति रद्दका लागिसमेत सिफारिस गरिने वातावरण तथा विपद् व्यवस्थापन शाखाले जनाएको छ। चुरोट र गुट्खाका खोल जस्ता फोहोर फाल्नेलाई समेत १०० रुपैयाँ जरिवानाको दायरामा ल्याइएको छ।

नियमको प्रभावकारी कार्यान्वयनका लागि उपमहानगरले नगर प्रहरी, अनुगमन टोली र वडा कार्यालयहरूलाई सक्रिय बनाएको छ। “सफा नगर, स्वस्थ नागरिक” भन्ने मूल नाराका साथ उपमहानगरले फोहोरलाई तोकिएको स्थान र समयमा मात्र फोहोर विसर्जन गर्न नगरवासीलाई आग्रह गरेको छ।

अनुमति विना सडकमा निर्माण सामग्री (ढुङ्गा, गिटी, बालुवा) राख्ने र सरसफाइ कार्यमा अवरोध पुर्‍याउनेलाई समेत कडा कारबाहीको दायरामा ल्याइने उपमहानगरले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर