Friday, July 31, 2026

मधेस प्रदेशसभाको सातौँ अधिवेशन जेठ १ गतेका लागि आह्वान

बारा, २८ वैशाख । आगामी जेठ १ गते शुक्रबारका दिन मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान गरिएको छ।

मधेस प्रदेश सरकार (मन्त्रिपरिषद्) को सोमबार बसेको बैठकले अधिवेशन आह्वानका लागि गरेको सिफारिसका आधारमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुखले उक्त अधिवेशन आह्वान गरेका हुन।

प्रदेश प्रमुखको कार्यालयका सचिव नारायणप्रसाद दाहालद्वारा जारी विज्ञप्ति अनुसार बैठक आगामी जेठ १ गते बिहान ११:०० बजे जनकपुरधामस्थित प्रदेशसभा हलमा बस्ने तय भएको छ।

यो अधिवेशन मुख्यतया आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा केन्द्रित हुने भएकाले यसलाई बजेट अधिवेशनका रूपमा पनि हेरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर