Saturday, August 1, 2026

प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

बारा, २९ वैशाख । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज १ बजे बस्दैछ।

आजको बैठक मुख्यगरी सरकारले भर्खरै प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा केन्द्रित हुने संसद् सचिवालयले जनाएको छ।

बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि दलीय प्रतिनिधित्वका आधारमा विस्तृत छलफल हुनेछ। उक्त छलफलमा विभिन्न राजनीतिक दलका सांसदहरूले आफ्नो धारणा राख्नेछन् भने सरकारको योजना र प्राथमिकताका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच बहस हुने अपेक्षा गरिएको छ।

यसअघि, राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर