बारा, ३० वैशाख । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ । आजको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि औपचारिक छलफल सुरु हुने कार्यसूची रहेको छ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले गत सोमबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
संसद् सचिवालयका अनुसार आजको बैठकमा सांसदहरूले नीति तथा कार्यक्रममाथि दर्ता गराएका संशोधनहरू प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुनेछ। छलफलको क्रममा सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको जवाफ समेत प्रधानमन्त्री शाहले आजै दिने छन्।
दलीय आधारमा हुने छलफलपश्चात् प्रधानमन्त्री शाहले जवाफ दिने र त्यसपछि नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रिया अघि बढ्ने सचिवालयले जनाएको छ।



