बारा, ३१ वैशाख । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विरोध गर्दै सदन अवरुद्ध पारेका छन्।
सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयम्ले दिनुपर्ने अडान राख्दै विपक्षी दलका सांसदहरूले सदन अवरुद्ध पारेका हुन।
सरकारको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको सट्टामा जवाफ दिने तयारी गरेपछि विपक्षी बेन्चबाट विरोध सुरु भएको थियो। विपक्षी सांसदहरू आसनबाट उभिएर अवरोध गरेपछि सभामुख डिपी अर्यालले बैठक सञ्चालनका लागि पटक-पटक आग्रह गरेका थिए ।
विपक्षीको निरन्तरको अवरोधका कारण सदन अगाडि बढ्न नसकेपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।



