Friday, July 31, 2026

प्रतिनिधिसभाको बैठक बस्दै

बारा, ०६ जेठ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा नियमित संसदीय कार्यसूचीका साथै आगामी बजेटका अन्य विषयहरूमाथि छलफल हुने छ।

यसअघि आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि केन्द्रित रहेर सदनमा सञ्चालन भएको सघन छलफल मङ्गलबार सकिएको छ।

गत वैशाख ३१ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदसमक्ष प्रस्तुत गरेका उक्त प्रस्तावमाथि गत सोमबारदेखि सांसदहरूले आफ्नो धारणा राख्न सुरु गरेका थिए। दुई दिनसम्म चलेको उक्त वैचारिक बहसका क्रममा जनप्रतिनिधिहरूले उठाएका नीतिगत प्रश्न, सुझाव र जिज्ञासाहरूको मङ्गलबारकै बैठकमा अर्थमन्त्री डा. वाग्लेले स्पष्टीकरणसहित जवाफ दिएका थिए ।

सिद्धान्त र प्राथमिकतामाथिको सैद्धान्तिक छलफल सकिएसँगै अब सरकारलाई आगामी आर्थिक वर्षको पूर्ण बजेट लेखन तथा तयारीका लागि बाटो खुला भएको छ। आज बस्ने बैठकमा अन्य विधेयक र समसामयिक प्रस्तावहरूमाथि छलफल हुने कार्यसूची रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर