Saturday, August 1, 2026

अर्थमन्त्रीद्वारा राष्ट्रपतिलाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी

बारा, १४ जेठ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

बिहीबार अपराह्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेर उनले आगामी वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) का मुख्य प्राथमिकता तथा सिद्धान्तबारे राष्ट्रपतिलाई जानकारी गराएका हुन्।

सरकारको नीति तथा कार्यक्रम र बजेट संसद्मा प्रस्तुत गर्नुअघि राष्ट्रप्रमुखलाई यसको मार्गचित्रबारे पूर्वजानकारी गराउने स्थापित परम्परा छ। भेटका क्रममा अर्थमन्त्री डा. वाग्लेले आर्थिक सर्वेक्षण २०८२/८३ तथा सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा प्रतिवेदनसमेत राष्ट्रपतिलाई हस्तान्तरण गरेका थिए । यी प्रतिवेदनहरूले मुलुकको वर्तमान आर्थिक स्वास्थ्य र सुधारका क्षेत्रहरूलाई केलाएका छन् ।

यसैबीच अर्थमन्त्री डा. वाग्लेले आगामी जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

सरकारले अहिले बजेट लेखन र निर्माणको कामलाई लगभग अन्तिम चरणमा पुगेको छ। आगामी बजेटले उत्पादन वृद्धि, रोजगारी सिर्जना र आर्थिक स्थिरतालाई कत्तिको प्राथमिकता दिन्छ भन्ने कुरामा सर्वसाधारण र निजी क्षेत्रको ठूलो चासो रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर