बारा, १५ जेठ । आगामी आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट घोषणा गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा देशको आगामी वर्षको आय र व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै उक्त आकारको बजेट सार्वजनिक गरे्का हुन ।
कुल विनियोजित बजेटमध्ये पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ छुट्याइएको छ । यसैगरी, वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिए ।



