Saturday, August 1, 2026

रास्वपा सभापति रवि लामिछाने पाँच दिने भ्रमणका लागि भारत प्रस्थान

बारा १८ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि सोमबार भारततर्फ प्रस्थान गरेका छन्।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको औपचारिक निमन्त्रणामा उनी नयाँ दिल्ली प्रस्थान गरेका हुन्।

भ्रमणका क्रममा सभापति लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ताहरू गर्ने कार्यक्रम तय भएको छ। यसका साथै उनले भारतमा रहेका नेपाली समुदायहरूसँग समेत विशेष साक्षात्कार र अन्तरक्रिया गर्नेछन्।

पाँच दिनको भ्रमण तालिका पूरा गरी उनी जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। लामिछाने नेतृत्वको यस भ्रमण टोलीमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहोरा र अविनाश आचार्य (प्रदीप) सहभागी रहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर