Saturday, August 1, 2026

वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

बारा, १९ जेठ । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई धरौटीमा रिहा गर्न पर्सा जिल्ला अदालतले आदेश दिएको छ ।

पर्सा जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनलाई दस्तखत किर्तेतर्फ ४ लाख र झुटो विवरण पेस गरी नागरिकता बनाएको कसूरमा १५ हजार गरी कुल ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अदालतको आदेशबमोजिम उनले उक्त रकम बुझाएका छन्। यसअघि, अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेका मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले मंगलबार बिहान ठोरीस्थित जंगल रिसोर्टबाट नियन्त्रणमा लिई अदालत उपस्थित गराएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर