Friday, October 30, 2026

नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादव निलम्बित

Advertisement
Advertisement

बारा, २१ जेठ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टी हितविपरीत कार्य गरेको आरोपमा बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो।

अनुशासन समितिले स्पष्टीकरण सोधे पनि यादवले कुनै जवाफ नदिएपछि उनलाई निलम्बन गर्ने निर्णय गरिएको हो। कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले यादवलाई अन्तिम निर्णय नहुन्जेलसम्मका लागि सभापति पदको कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर