Friday, June 5, 2026

सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिद्वारा प्रधानमन्त्री शाहलाई प्रतिवेदन बुझाइयो

spot_img

बारा, २२ जेठ ।  पूर्वगृहमन्त्री सुधन गुरुङमाथि लागेका आरोपहरूको छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र शाहलाई बुझाएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच समितिले उक्त प्रतिवेदन पेस गरेको हो। जेठ १८ गते नै तोकिएको म्याद सकिएपछि समितिले थप पाँच दिनको समय माग गरी प्रतिवेदनलाई अन्तिम रूप दिएको थियो। अकुत सम्पत्ति आर्जन गरेको, त्यसको वैध स्रोत खुलाउन नसकेको र विवादित व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी रहेको तथ्यहरू सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९ गते आफ्नो पदबाट राजीनामा दिएका थिए।

त्यसपछि सरकारले गत वैशाख २८ गते उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेको उक्त समितिले गुरुङको सम्पत्ति विवरण र विवादित व्यावसायिक सम्बन्धबारे सुक्ष्म अनुसन्धान गरी प्रतिवेदन तयार पारेको हो।

चासोका साथ हेरिएको यो प्रतिवेदन प्रधानमन्त्रीसमक्ष बुझाइएकाले अब सरकारले चाल्ने आगामी कदम र यसको कानुनी निष्कर्षलाई निकै महत्त्वका साथ हेरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर