Tuesday, June 9, 2026

रास्वपाद्वारा मधेश प्रदेश अधिवेशनका सबै गतिविधि स्थगित

spot_img

काठमाडौं, २६ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले मधेश प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ।

केन्द्रीय निर्वाचन आयोगद्वारा बिहीबार जारी गरिएको अत्यन्त जरुरी सूचनाअनुसार पार्टी विधान, २०७९ (तेस्रो संशोधनसहित) को दफा ४१ र दफा ४९ बमोजिम प्राप्त अधिकार प्रयोग गर्दै अधिवेशनको निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा विधिसम्मत सञ्चालन सुनिश्चित गर्न आवश्यक देखिएकाले उक्त निर्णय गरिएको हो।

सूचनामा मधेश प्रदेश अधिवेशनसँग सम्बन्धित प्रतिनिधि छनोट, निर्वाचन कार्यक्रम, उम्मेदवारी प्रक्रिया, प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशन आयोजनासँग सम्बन्धित सम्पूर्ण गतिविधि तत्काल प्रभावबाट रोकिएको उल्लेख गरिएको छ। आयोगले यस अवधिमा अधिवेशनसँग सम्बन्धित कुनै पनि नयाँ गतिविधि सञ्चालन नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

रास्वपाले पार्टीका सम्पूर्ण सदस्य, प्रतिनिधि, उम्मेदवार, प्रदेश तथा जिल्ला तहका पार्टी पङ्क्ति र सरोकारवालाहरूलाई निर्णयबारे जानकारी गराएको जनाएको छ। साथै, अधिवेशन पुनः सञ्चालन हुने मिति, समय तथा संशोधित कार्यतालिकाबारे केन्द्रीय निर्वाचन आयोगले आधिकारिक रूपमा पछि जानकारी गराउने बताइएको छ।

आयोगले अधिवेशनका बाँकी प्रक्रिया तथा आगामी कार्यतालिकासम्बन्धी थप निर्देशन जारी नभएसम्म प्रतीक्षा गर्न आग्रह गरेको छ। निर्णयले मधेश प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण निर्वाचन तथा संगठनात्मक गतिविधिमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर