बारा, १९ असार । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा संवैधानिक परिषद्को बैठक आज बस्दैछ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न ५ बजे बस्ने गरी तय गरिएको बैठकमा विभिन्न संवैधानिक निकायहरूमा लामो समयदेखि रिक्त रहेका पदहरूमा नियुक्ति सिफारिस गर्ने सम्बन्धी ठोस विषयमा छलफल हुने छ।
हाल निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग, मुस्लिम आयोग, राष्ट्रिय समावेशी आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, थारू आयोग, मधेसी आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र महिला आयोग जस्ता महत्वपूर्ण निकायहरूमा प्रमुख तथा सदस्यहरूका कयौँ पदहरू खाली रहेका छन्।
यी रिक्त पदहरूमा उपयुक्त उम्मेदवारहरूको नाम छनोट गरी संसदीय सुनुवाइका लागि सिफारिस गर्ने मुख्य कार्यसूचीका साथ परिषद्को बैठक बस्न लागेको हो ।



