Monday, July 6, 2026

एनपीएलका ६ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम इनर्जी ड्रिंक्स

बारा, २२ असार । एक्स्ट्रिम इनर्जी ड्रिंक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि ६ वटा फ्रेन्चाइज टोलीको मुख्य प्रायोजक (टाइटल स्पोन्सर) बनेको छ ।

लिगमा सहभागी कुल आठ टोलीमध्ये एक्स्ट्रिमले जनकपुर बोल्डस्, लुम्बिनी लायन्स, काठमाण्डू गोर्खाज, कर्णाली याक्स, चितवन राइनोज र पोखरा एभेन्जर्ससँग आगामी तीन वर्षका लागि यो बहुवर्षीय टाइटल स्पोन्सरसिप सम्झौता गरेको हो ।

सम्झौतापछि आगामी प्रतियोगिताहरूमा यी ६ वटै टोलीका खेलाडीहरूले मैदानमा लगाउने आधिकारिक प्लेइङ जर्सीको अगाडिको प्रमुख स्थानमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको लोगो सानका साथ देखिनेछ । नेपालमा आयोजना हुने खेलकुद प्रतियोगिताहरूको इतिहासमा निजी क्षेत्रबाट भएको यति ठूलो सामूहिक र दीर्घकालीन लागत सहभागिता सम्भवतः पहिलो भएको कम्पनीले दाबी गरेको छ ।

खेलकुदमार्फत देशलाई अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रिय पहिचान दिलाउन र खेलको भावना प्रयोग गरी सम्पूर्ण नेपालीहरूलाई भावनात्मक रूपमा एउटै चौतारीमा ल्याउने पवित्र उद्देश्यका साथ लगानी गरिएको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर