Monday, July 6, 2026

कांग्रेस बाराको कार्यवाहक सभापतिमा मनोज भट्ट

बारा, २२ असार । नेपाली कांग्रेस बाराको नेतृत्वमा फेरबदल भएको छ। जिल्ला कार्यसमितिका सभापति राजेश राय यादव निलम्बनमा परेपछि उपसभापति मनोज भट्टलाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएको हो।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट जारी पत्रअनुसार केन्द्रीय अनुशासन समितिको गत जेठ २१ गतेको निर्णयानुसार यादव निलम्बनमा परेकाले जिल्ला प्रमुखको पद रिक्त हुन पुगेको थियो। पार्टीका सांगठनिक गतिविधिलाई थप गतिशील, नियमित र प्रभावकारी रूपमा अगाडि बढाउन भट्टलाई यो जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ।

विशेष गरी नेपाली कांग्रेसको आगामी १५ औँ महाधिवेशनको कार्यतालिका प्रभावित नहोस् र संगठन परिचालनले निरन्तरता पाओस् भन्नका लागि भट्टलाई कार्यवाहक सभापतिको रूपमा दैनिक कामकाज सम्हाल्ने अधिकार दिइएको हो।

पार्टीका सभापति गगनकुमार थापाद्वारा हस्ताक्षरित पत्रमा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) तथा नियमावली, २०७६ को परिधिभित्र रही पार्टीको हित अनुकुल दैनिक कार्यहरू सम्पादन गर्न निर्देशन दिइएको उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर