Tuesday, July 7, 2026

सम्पत्ति शुद्धीकरण मुद्दामा जयवीर देउवालाई ७ दिनभित्र उपस्थित हुन निर्देशन

बारा, २३ असार । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि बयान दिन सात दिनको समय दिएर पत्र काटेको छ।

विभागले पुल्चोकस्थित आफ्नो केन्द्रीय कार्यालयमा उपस्थित हुन भन्दै मंगलबार सार्वजनिक सूचना जारी गरेको हो। सम्बन्धित व्यक्तिको ठेगानामा सम्पर्क हुन नसकेपछि प्रचलित कानुनअनुसार सार्वजनिक सूचना जारी गरिएको विभागले जनाएको छ।

अनुसन्धान अधिकारीहरूले सोमबार नै बूढानीलकण्ठस्थित जयवीरको स्थायी ठेगानामा पुगेर हाजिर हुनका लागि पत्र टाँस गरिसकेका थिए। विभागले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ७१ को व्यवस्था अनुसार उनलाई बोलाएको हो। यदि तोकिएको एक साताभित्र उनी बयानका लागि उपस्थित नभएमा कानुनबमोजिम थप कानुनी प्रक्रिया अगाडि बढाइने चेतावनी समेत विभागले दिएको छ।

जयवीरमाथि नेपाल टेलिकमको बिलिङ प्रणालीको ठेक्का र राहदानी (पासपोर्ट) छपाइ प्रक्रियामा भएका भनिएका ठूला वित्तीय अनियमितताका विषयमा उजुरी परेका थिए। सोही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले संयुक्त रूपमा अनुसन्धान अघि बढाएका हुन्।

यसअघि पनि विभागले यही अनुसन्धानको सिलसिलामा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाका नाममा समेत पुर्जी जारी गरिसकेको बुझिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर