Thursday, July 16, 2026

पर्सामा धान रोपिरहेका बेला चट्याङ लाग्दा ७ जना महिला घाइते

बारा, ३२ असार । पर्सामा धान रोपिरहेका बेला चट्याङ लाग्दा सात जना महिला किसान घाइते भएका छन् ।

पकहामैनपुर गाउँपालिका–०१ धोरेस्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रको खेतमा रोपाइँ गरिरहेको अवस्थामा वर्षासँगै परेको चट्याङले उनीहरूलाई लागेको हो ।

चट्याङ लागेर पकहामैनपुर गाउँपालिका-०१ बस्ने अंन्दाजी ५५ वर्षीया शान्तिदेवी सहनी, ५५ वर्षीया राधिका देवी सहनी, ५५ वर्षीया रिता देवी सहनी, ५२ वर्षीया कुश्मी देवी सहनी, ४२ वर्षीया सन्ध्या देवी, ३५ वर्षीया प्रमिला सहनी र ३५ वर्षीया संगीता देवी घाइते भएका छन् । घाइतेमध्ये शान्तिदेवी सहनीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बाँकी ६ जना घाइतेहरूलाई थप उपचारका लागि रक्सौलस्थित डंकन अस्पताल पुर्‍याइएको छ । डंकन अस्पतालमा उपचाररत मध्ये कुश्मी देवी सहनीको अवस्था गम्भीर रहेको र अन्य पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर