Wednesday, October 7, 2026

सरकारको काम हेर्दा पाँच वर्ष टिक्ने संकेत देखिएन : कुलमान घिसिङ

Advertisement
Advertisement

बारा, ०२ साउन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारप्रति जनता र उद्योगी व्यवसायी दुवैको भरोसा टुट्दै गएको आरोप लगाएका छन्।

खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चद्वारा राजधानीमा आयोजित एक विशेष कार्यक्रममा बोल्दै उनले देशमा व्याप्त चरम निराशाका कारण कतिपय व्यवसायी र युवाहरू आत्मदाह जस्तो कठोर कदम चाल्न बाध्य भइरहेको भन्दै यसमा सरकार नै जिम्मेवार रहेको टिप्पणी गरे।

दुई तिहाइ नजिकको शक्तिमा रहेको वर्तमान सरकारले आम नागरिकको आशालाई निराशामा परिणत गरिरहेको भन्दै उनले यही अवस्था कायम रहे देश पुनः ठूलो द्वन्द्वको भुमरीमा फस्ने चेतावनी दिए। सरकार पाँच वर्ष टिकोस् भन्ने आफ्नो चाहना रहे पनि हालसम्मको कार्यशैलीले त्यस्तो बलियो संकेत नदेखाएको उनको तर्क थियो।

आफ्नो दल कुनै सस्तो प्रचारवाजी वा क्षणिक स्वार्थका लागि नभई देशका हरेक चुनौतीको सामना गर्न दृढ संकल्पका साथ अघि बढेको अध्यक्ष घिसिङले स्पष्ट पारे। विगतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकरण गर्नु आफ्नो दलको ठूलो गल्ती भएको स्वीकार गर्दै उनले अब आगामी दिनमा कुनै पनि हालतमा उज्यालो नेपाल पार्टीको अस्तित्व मेटिने गरी अर्को सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे।

वर्षायामको अन्त्य लगत्तै पार्टीले देशव्यापी रूपमा तीन महिने विशेष अभियान सुरु गर्ने र हरेक गाउँपालिकामा पुगेर प्रत्यक्ष रूपमा जनताका समस्या बुझ्ने रणनीति बनाएको उनले जानकारी दिए। संगठन विस्तार र जनसम्पर्कलाई तीव्र पार्दै आगामी स्थानीय, प्रदेश तथा संघीय निर्वाचनमा उज्यालो नेपाल पार्टीले नै जनताको मुख्य रोजाइ बनेर वर्चस्व कायम गर्ने दाबी समेत उनले गरे।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर