Wednesday, August 5, 2026

पर्सामा २०७ केजी लागूऔषध गाँजासहित पिकअप र चालक पक्राउ

वीरगञ्ज, २० साउन। जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार हिजो राति करिब साढे ६ बजे पर्साको बिन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा चेकजाँचका क्रममा प्रदेश ३–०१–०२४ च ५३८५ नम्बरको टाटा योद्धा पिकअप रोकी जाँच गर्दा सिमेन्टको बोराभित्र लुकाई छिपाई राखिएको २०७ किलोग्राम लागूऔषध गाँजा बरामद गरिएको हो।

बरामद गाँजासहित उक्त पिकअपका चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३ निवासी ४८ वर्षीय कृष्ण लामा लाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार लागूऔषध, पिकअप गाडी तथा चालकलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर