Thursday, August 6, 2026

वीरगञ्जमा मापसे गरी चलाएको ट्याङ्करको ठक्करबाट ई–रिक्साका ९ यात्रु घाइते

बारा, २१ साउन । पर्साको वीरगञ्ज महानगरपालिका–२४ स्थित बहुअरी चोक नजिकै हुलाकी सडक-खण्डमा बुधबार राति सडक दुर्घटना भएको छ।

पावरहाउसतर्फबाट तिलावे पुलतर्फ जाँदै गरेको ना २ ह ६६८२ नम्बरको ई–रिक्सालाई सोही दिशाबाट तीव्र गतिमा आउँदै गरेको RJ 14 GE 8710 नम्बरको भारतीय ग्याँस ट्याङ्करले पछाडिबाट जोडदार ठक्कर दिएको थियो।

ठक्करका कारण ई–रिक्सामा सवार ९ जना यात्रु घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर र ३ जनाको अवस्था मध्यम रहेको छ। दुर्घटनालगत्तै उद्धार गरिएका सबै घाइतेहरूलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी न्युरो अस्पतालमा भर्ना गरिएको छ।

दुर्घटना गराएपछि सवारी साधनसहित फरार भएका ट्याङ्कर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने चालक भारतको मुजफ्फरपुर जिल्ला साहेबगञ्ज निवासी ४८ वर्षीय धनेश्वर राय रहेका छन्।

प्रहरीले गरेको स्वास्थ्य परीक्षणका क्रममा चालक रायले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाएको पुष्टि भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर