Thursday, August 6, 2026

पेट्रोल बोकेको ट्याङ्कर पल्टिँदा आगलागी

बारा, २१ साउन । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहट जिल्लाको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिकै १२ हजार लिटर इन्धन बोकेको ट्याङ्कर दुर्घटनामा परेको छ।

बाराको अमलेखगञ्ज डिपोबाट पेट्रोल बोकेर सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर नियन्त्रण गुमाएर पल्टिँदा एक्कासि आगो सल्किएको हो। 

दुर्घटनालगत्तै ट्याङ्करमा ठूलो आगलागी भए पनि चालकले बेलैमा गाडीबाट बाहिर निस्कन सकेकाले कुनै मानवीय क्षति नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले जानकारी दिएका छन्।

घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको संयुक्त टोलीले द्रुत परिचालन भई आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको छ। आगलागीका कारण पूर्व–पश्चिम राजमार्गमा केही बेर सवारी साधनको आवगमन प्रभावित भएको भए तापनि हाल स्थिति साम्य भई यातायात सुचारु भइसकेको छ।

दुर्घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर