Friday, August 7, 2026

मल किन्न भारत जाँदा जेल परेका सर्लाहीका किसान दाजुभाइ एकमहिना पछि रिहा

बारा, २२ साउन । स्वदेशमा रासायनिक मलको अभाव भएपछि खेतीपातीका लागि सीमावर्ती भारतीय बजार सोनवर्षाबाट मल किनेर ल्याउने क्रममा पक्राउ परेका सर्लाहीका दुई किसान दाजुभाइ ३८ दिन पछि धरौटीमा रिहा भएका छन्।

सर्लाहीको बलरा नगरपालिका–५ का ५५ वर्षीय सुरेशप्रसाद सिंह र ६० वर्षीय नागेन्द्रप्रसाद सिंहलाई गत असार १७ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी) र कृषि विभागको टोलीले नियन्त्रणमा लिएको थियो।

भारतको सीतामढी जिल्लास्थित डुमरा व्यवहार अदालतका मुख्य न्यायाधीश अखिलेशकुमार झाको एकल इजलासले बुधबार उनीहरूलाई जमानतमा छाड्ने आदेश दिएपछि कानुनी प्रक्रिया पूरा गरी शुक्रबार साँझ उनीहरू कारागारबाट मुक्त भएका हुन्।

सरकारले समयमै मल उपलब्ध गराउन नसक्दा भारतीय बजारमा निर्भर हुनुपरेको र त्यसकै कारण नेपाली किसानले कानुनी सास्ती बेहोर्नुपरेको घटनाले सीमावर्ती क्षेत्रका किसानको समस्या उजागर गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर