Monday, August 10, 2026

पर्सामा ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

बारा, २५ साउन । पर्सामा प्रहरीले १६ ग्राम ५७ मिलिग्राम ब्राउन सुगरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार राति वीरगञ्ज महानगरपालिका–१४ स्थित कृष्ण प्रणामी चोकमा लागुऔषध ब्राउन सुगरको खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्सा र लागुऔषध नियन्त्रण ब्युरो वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी विशेष टोलीले शंकास्पद रूपमा पैदल हिँडिरहेका एक व्यक्तिलाई रोकी खानतलासी गर्दा उनको पाइन्टको खल्तीबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत बिहारको मोतीहारी जिल्ला, पंटोका श्रीपुर ग्राम पञ्चायत–१ निवासी २५ वर्षीय शत्रुधन पासवान रहेका छन् ।

उनको साथबाट प्लास्टिकसहित १८ ग्राम ८० मिलिग्राम र प्लास्टिक हटाउँदा १६ ग्राम ५७ मिलिग्राम ब्राउन सुगर बरामद भएको पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन् ।

उनका अनुसार पक्राउ परेका पासवानलाई बरामद लागुऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर