बारा, २६ साउन । पर्साको पटेर्वा सुगौली गाउँपालिका–०३ सोनबर्साबाट १०५ किलो अवैध लागुऔषध गाँजासहित एक जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गए राति करिब ९ बजे इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, बेतिया जिल्ला, उजहरुपरजिलवा भागा श्रीनगर–०३ निवासी अन्दाजी ५० वर्षीय सउरु चौधरी रहेका छन्।
गाँजा बरामद भएपछि प्रहरीले उक्त घटनाका सम्बन्धमा थप आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।




