Wednesday, August 12, 2026

आज अन्तरराष्ट्रिय युवा दिवस मनाइँदै

बारा, २७ साउन । आज अगस्त १२ का दिन ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ भन्ने मूल नाराका साथ नेपालभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय युवा दिवस मनाइँदैछ।

नीति निर्माणमा युवा सहभागिता वृद्धि, युवामैत्री शासन र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले सन् २००० देखि मनाउन थालिएको यो दिवसका अवसरमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा विशेष समारोह, सूचना प्रविधि तथा स्टार्टअप प्रदर्शनी, र भृकुटीमण्डपदेखि कमलादीसम्म युवा जागरण दौड सञ्चालन गरिएको छ।

कार्यक्रममा नेपालमा युवा रोजगारी र उद्यमशीलता सम्बन्धी उच्चस्तरीय प्यानल छलफलका साथै ६ वटा स्टार्टअप र सातै प्रदेशका उत्कृष्ट युवा उद्यमीहरूलाई राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिँदैछ।

राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसङ्ख्याको ४२.५६ प्रतिशत (१ करोड २४ लाखभन्दा बढी) हिस्सा ओगट्ने १६ देखि ४० वर्ष उमेर समूहका युवाहरूको योगदान र विविधताबीचको एकतालाई जोड दिन यो दिवसले महत्त्वपूर्ण प्रेरणा प्रदान गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर