बारा, २९ साउन । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिको लागि २८० जना अधिकृत क्याडेट पदमा दरखास्त आह्वान गरेको छ।
सूचना अनुसार खुलातर्फ १४६ जना र समावेशी कोटातर्फ १४ जना सेनाका सन्तति, २४ जना महिला, ३९ जना आदिवासी/जनजाति, ३३ जना मधेसी, १८ जना दलित तथा ६ जना पिछडिएको क्षेत्रका लागि आरक्षण छुट्याइएको छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजैदेखि भदौ १८ गतेसम्म नियमित दस्तुरमा र दोब्बर दस्तुर तिरेर भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन्।





