Friday, August 14, 2026

वीरगन्जमा अनुमतिबिना अवैध औषधि उत्पादन गर्ने फर्म सञ्चालक पक्राउ

Advertisement
Advertisement Advertisement

वीरगन्ज, २९ साउन । पर्सा प्रहरीले अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ कार्यमा संलग्न रहेको आरोपमा वीरगन्ज महानगरपालिका–११, श्रीपुरस्थित आरपी फार्मास्युटिकल्स प्रालिका सञ्चालक राहुलकुमार चौहानलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजु कार्की र वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापामगरको संयुक्त प्रहरी टोलीले उद्योगमा छापामारी चौहानलाई रङ्गेहात पक्राउ गरेको हो। 

पर्साका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लका अनुसार सरकारी अनुमतिबिना नै औषधि उत्पादन गरी बिक्री-वितरणका लागि स्टिकर टाँस्ने काम भइरहेको सूचनाका आधारमा खानतलासी गर्दा गैरकानुनी गतिविधि फेला परेको हो।

प्रहरीले घटनास्थलबाट अवैध औषधिजन्य सामाग्रीका साथै अन्य महत्त्वपूर्ण प्रमाणहरूसमेत बरामद गरेको छ। पक्राउ परेका चौहानमाथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाउन वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर