Tuesday, August 18, 2026

साउनको तेस्रो सोमबार सिद्देश्वर मन्दिरमा भव्य महागंगा आरती, सहभागी भए हजारौँ भक्तजन

Advertisement
Advertisement Advertisement

कलैया,०१ भदौ । विगतका वर्षमा झैँ यस वर्ष पनि बाराको कलैया उपमहानगरपालिका–३ भवानीपुरस्थित श्री सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको शिव सरोवर पोखरीमा साउन महिनाको तेस्रो सोमबार पनि भव्य रूपमा महागंगा आरती सम्पन्न भएको छ।

महागंगा आरती मूल समारोह समितिको आयोजनामा तथा समाज कल्याण सहयोगी समूहको आर्थिक सहयोगमा आरती कार्यक्रम आयोजना गरिएको हो।

महागंगा आरती मूल समारोह समितिका संयोजक अनिल गौरवका अनुसार आरतीमा साउन महिनाको तेस्रो सोमबार हजारौँ भक्तजन सहभागी भएका थिए। उनका अनुसार साउन महिनाभरि प्रत्येक सोमबार उक्त पोखरीमा महागंगा आरती आयोजना गरिनेछ।

यसैबीच, साउन महिनाको तेस्रो सोमबारका अवसरमा बाराका विभिन्न शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। भगवान् शिवको पूजा–आराधना तथा दर्शनका लागि जिल्लाका प्रमुख शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको हो।

बाराको सदरमुकाम कलैयास्थित सिद्धेश्वर महादेव मन्दिर, सहजनाथ महादेव मन्दिरलगायतका शिवालयमा दर्शनार्थीको चाप बढेको छ। महिला तथा पुरुष भक्तजन व्रत बसेर शिवालय पुग्दै भगवान् शिवको पूजा–आराधना गरिरहेका छन्। भक्तजनहरूले शिवलिङ्गमा जल, दूध, बेलपत्र तथा विभिन्न पूजासामग्री अर्पण गर्दै श्रद्धापूर्वक पूजा गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर