Wednesday, August 19, 2026

किसानलाई डीडीसीले ३५ करोड भुक्तानी दिन बाँकी

Advertisement
Advertisement Advertisement

बारा, ०२ भदौ ।  दुग्ध विकास संस्थान (डीडीसी) ले देशभरका दुग्ध सहकारी संस्थाहरूलाई दूध खरिदबापत ३५ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको देखिएको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले सोधेको प्रश्नको जवाफ दिँदै कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भदौ १ गतेसम्मको तथ्यांकअनुसार देशभरका करिब २३५ सहकारी संस्थाको सो परिमाणको बक्यौता बाँकी रहेको जानकारी दिएकी छन्।

मन्त्री चौधरीका अनुसार विगत १० वर्षदेखि दुध बिक्री र मौज्दातको यथोचित व्यवस्थापन हुन नसक्दा संस्थान निरन्तर घाटामा गएको, अत्यधिक प्रशोधन लागत, प्रशासनिक खर्च, कमजोर नेतृत्व र पुरानो संरचनाका कारण आर्थिक दायित्व बढ्दै गएको हो।

विगतमा किसानको भुक्तानीभन्दा प्रशासनिक खर्चलाई प्राथमिकता दिइँदा १० महिनासम्म भुक्तानी रोकिएको भए पनि पछिल्ला महिनाहरूमा बक्यौता फछ्र्यौटलाई प्राथमिकतामा राखिएको र गत वैशाख २० देखि भदौ १ गतेसम्म ६० करोड रुपैयाँ भुक्तानी भइसकेको उनले बताइन्।

हाल संस्थानसँग १५० मेट्रिक टन दुध पाउडर, १३० मेट्रिक टन नौनी र २४ करोड बराबरको मौज्दात रहेको जानकारी दिँदै मन्त्री चौधरीले भुक्तानी अवधिलाई भदौ अन्तिम सातासम्म २५ दिनमा झार्ने योजनाका साथ डीडीसीको पुनर्संरचना र समस्या समाधानका लागि अध्ययन भइरहेको स्पष्ट पारिन।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर