Wednesday, August 19, 2026

गाँजासहित बाराका एक युवक भारतमा पक्राउ

Advertisement
Advertisement Advertisement

बारा, ०३ भदौ । बारा जिल्लाका एक युवक बिहारको सुगौलीमा गाँजासहित पक्राउ परेका छन्।

जितपुर उपमहानगरपालिका–१ निवासी राजन मुखियालाई भारतीय प्रहरीले ७५० ग्राम गाँजासहित नियन्त्रणमा लिएको हो।

सुगौली थानाका प्रभारी अनिश कुमार सिंहका अनुसार विशेष सुराकीका आधारमा चलाइएको लागुऔषधविरुद्धको अपरेसनका क्रममा मङ्गलबार ती युवकलाई नियन्त्रणमा लिइएको हो।

बरामद गाँजा नियन्त्रणमा लिई प्रहरीले पक्राउ परेका युवकमाथि कानुनी कारबाही र थप अनुसन्धान अगाडि बढाएको छ।

नेपाल र भारतबीचको खुला सीमाको फाइदा उठाउँदै यस्ता अवैध लागुऔषधको ओसारपसार हुनु सीमावर्ती क्षेत्रमा सुरक्षाको ठूलो चुनौती बन्दै गएको छ।

  

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर