Wednesday, August 19, 2026

बारामा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

Advertisement
Advertisement Advertisement

बारा, ०३ भदौ । बाराको निजगढ नगरपालिका–७ स्थित सुपर मार्केट नजिकै पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ।

भदौ २ गते साँझ चपुरबाट निजगढतर्फ आउँदै गरेको ना ४८ प ५६९३ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ गइरहेका साइकल यात्रीलाई पछाडिबाट ठक्कर दिएको थियो।

ठक्करबाट निजगढ नगरपालिका–९ बस्ने ७५ वर्षीय चन्द्र बहादुर श्रेष्ठ गम्भीर घाइते भएका थिए। गम्भीर घाइते श्रेष्ठको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेकोमा गए राति उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर