Wednesday, August 19, 2026

बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष, दुई जना पक्राउ

Advertisement
Advertisement Advertisement

बारा, ०३ भदौ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको छ।

साउन ३१ गते बिहान ८:३० बजे घरबाट हराएकी जितपुरसिमरा–१ दसधुरी निवासी मनमती चौधरीकी छोरी गरिमाको शव मंगलबार साँझ करिब ५:४५ बजे स्थानीय वीरबहादुर रोकाको खाली घरभित्र फेला परेको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा १६ वर्षीय म्याजिक सह-चालक सुमन थापाले बालिकालाई चकलेटको प्रलोभन देखाएर फकाई-फुल्याई लगी जबर्जस्ती करणी गरेर हत्या गरेको खुलेको छ। घटनाको सूचना लगत्तै इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलीप क्षेत्री र जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

अनुसन्धानलाई तीव्र बनाउन प्रदेश प्रहरी कार्यालय वीरगन्जबाट तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिएको थियो। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ना.१.ज ७७५८ नम्बरको म्याजिकका सह-चालक सुमन थापासहित म्याजिक धनी २४ वर्षीय प्रोग्रेस चौधरीलाई नियन्त्रणमा लिएको छ।

मृतक बालिकाको शव पोस्टमार्टमका लागि पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर