Thursday, August 20, 2026

बारामा ३ वर्षीया बालिकाको हत्याविरुद्ध आज पनि प्रदर्शन जारी

Advertisement
Advertisement Advertisement

बारा, ०४ भदौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको जबर्जस्ती करणी र हत्या घटनाको विरोधमा स्थानीयवासी तथा पीडित परिवारले आज दोस्रो दिन पनि सडक अवरुद्ध गरी प्रदर्शन जारी राखेका छन्।

दोषीलाई हदैसम्मको कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै स्थानीयले बुधबार बिहानैदेखि पथलैया–वीरगन्ज सडकखण्डमा टायर बालेर यातायात ठप्प पारेका हुन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार साउन ३१ गते बिहानदेखि घरबाटै बेपत्ता भएकी बालिका गरिमा चौधरीको सोही दिन बलात्कारपछि हत्या गरिएको खुलेको छ। भदौ २ गते मङ्गलबार साँझ स्थानीय एक खाली घरभित्र बालिकाको शव शङ्कास्पद अवस्थामा फेला परेपछि घटना सार्वजनिक भएको हो।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धानका लागि म्याद थप गरिसकेको छ। पक्राउ परेकामध्ये मुख्य आरोपितले बालिकालाई चकलेटको प्रलोभन देखाई फकाएर जबर्जस्ती करणीपछि हत्या गरेको बयान दिइसकेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय सिमरालाई बालिका हराएको सूचना समयमै दिँदा पनि खोजीमा चासो नदिँदा बालिकाको हत्या भएको भन्दै पीडित पक्षले कारबाहीको माग अघि सारेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर