Thursday, August 20, 2026

मतदानबाट छानियो विद्यालयका क्याप्टेन

Advertisement
Advertisement Advertisement

बारा, ०४ भदौ । बाराको कलैया उपमहानगरपालिका–६ स्थित बाल एकता बोर्डिङ स्कुलले मतदानको माध्यम बाट निर्वाचित ५० जना विद्यार्थीहरूलाई क्याप्टेन तथा भाइस क्याप्टेनको ब्याच वितरण गर्दै पद तथा गोपनीयताको शपथ गराएको छ।

विद्यालय परिसरमा बिहीबार आयोजित विशेष समारोहमा कक्षा ५ देखि १० सम्मका प्रत्येक कक्षाबाट छनोट भएका प्रतिनिधिहरूलाई जिम्मेवारी हस्तान्तरण गरिएको हो।

नवनिर्वाचित विद्यार्थी परिषद्का सदस्यहरूलाई विद्यालयका प्रबन्ध निर्देशक सुमोद सरार्फले इमानदारी, समर्पण, अनुशासन र सेवाभावका साथ दायित्व निर्वाह गर्ने प्रतिबद्धतासहित शपथ ग्रहण गराएका हुन। विद्यार्थीहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्ने र कक्षाकोठाका गतिविधि, अनुशासन तथा शैक्षिक वातावरणलाई थप व्यवस्थित बनाउन सहयोग पुर्‍याउने उद्देश्यले यो निर्वाचन प्रक्रिया अपनाइएको प्रबन्ध निर्देशक सरार्फले बताएका छन्।

उनले निर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना दिँदै जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरे। उक्त कार्यक्रममा नरेन्द्र निधि, मधु गौतम, आस मोहम्मद मन्सुर, रामबाबु साहलगायत शिक्षक, शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर