Thursday, August 27, 2026

भोटेकोशीमा आएको भीषण बाढीः २६ प्रहरी सम्पर्कविहन

Advertisement
Advertisement Advertisement

बारा, १० भदौ। रसुवास्थित भोटेकोशी नदीमा आज अचानक आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ।

बाढीमा परी रसुवाका टिमुरे, स्याफ्रुबेँसी, सिम्ले र मैलुङस्थित प्रहरी युनिटमा कार्यरत २६ जना प्रहरी जवानहरू सम्पर्कविहीन भएका छन्। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार बाढीका कारण त्यस क्षेत्रको सञ्चार र यातायात सेवा प्रभावित हुँदा उनीहरूसँग सम्पर्क हुन नसकेको हो।

बाढीपछिको खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ । जसक्रममा नुवाकोट र धादिङका विभिन्न स्थानमा आठ जनाको शव फेला परेको छ। बाढीले भोटेकोसी नदी तटीय क्षेत्रका बस्ती, पुल तथा सडक पूर्वाधारहरूमा ठूलो क्षति पुर्‍याएको छ भने भौतिक क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने प्रयास जारी रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर