Thursday, August 27, 2026

भोटेकोशी बाढी: ३८४ पर्यटक सम्पर्कविहीन

Advertisement
Advertisement Advertisement

बारा, १० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण गोसाइँकुण्ड र कैलाश मानसरोवर भ्रमणमा निस्किएका ३८४ जना पर्यटक सम्पर्कविहीन भएका छन्।

नेपाल पर्यटन बोर्डका अनुसार बेपत्ता हुनेहरूमा २९१ जना विदेशी र ९३ जना नेपाली पर्यटक रहेका छन्। सम्राट टुर्स, काठमाडौँ होलिडे, लिफ होलिडे, कैलाश जर्नी, ट्रेकर सोसाइटी, हिमालयन ग्यासियरलगायत विभिन्न १० वटा ट्राभल एजेन्सीमार्फत यात्रामा रहेका उनीहरू बाढीपछि सम्पर्कबाहिर पुगेका हुन्।

बाढीले टिमुरे र स्याफ्रुबेँसी क्षेत्रका बस्ती, प्रहरी चौकी तथा भन्सार कार्यालयमा ठूलो क्षति पुर्‍याउनुका साथै रसुवागढी नाका जोड्ने सडक र पुलहरूसमेत बगाएको छ। सम्पर्कविहीन रहेका पर्यटकहरूको खोजतलास तथा बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि पर्यटन प्रहरी, स्थानीय प्रशासन र सुरक्षा निकायलाई तीव्र रूपमा परिचालन गरिएको छ।

पर्यटन बोर्डले स्थितिबारे जानकारी लिन वा सहयोगका लागि टोल फ्रि नम्बर १२३४, हटलाइन ११४४ र पर्यटन प्रहरीको नम्बर ९८५१२८९४४५ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर