बारा, १० भदौ । रसुवामा आएको भीषण बाढीका कारण प्रभावित भएका ८८ जनाको हेलिकप्टर मार्फत सफल उद्धार गरिएको छ।
नेपाली सैनिक मुख्यालय जंगी अड्डाका अनुसार बाढी प्रभावित विभिन्न जोखिमयुक्त स्थानहरूबाट दिउँसो ३:५५ बजेसम्म ८८ जनालाई सुरक्षित स्थानमा पुर्याइएको हो।
उद्धार कार्यका लागि नेपाली सेनाका साथै निजी कम्पनीका हेलिकप्टरहरू र सम्पूर्ण सुरक्षा निकायलाई पूर्ण रूपमा परिचालन गरिएको छ। प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्धारको काम अझै निरन्तर भइरहेकाले उद्धार हुनेहरूको संख्या अझै बढ्न सक्ने सेनाले जनाएको छ।



